Logo
Logo

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय


63
Shares

काठमाडौं । सरकारले सुनसरी र सिरहाको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमारा मेहता र सिरहा गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

साउन ९ गते राति दुई समुदायबीचको झडपमा देवानगञ्ज ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र रवीन्द्रको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

देवानगञ्ज घटनापछि भड्किएको हिंसाका क्रममा सिरहा गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवले ज्यान गुमाएका थिए । गृहमन्त्री सुधन गुरुङले मृतकका राहत, क्षतिपूर्तिलगायतका विषयमा परिवारसँग सहमति गरेका थिए । त्यसपछि आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई शहीद घोषणा गरेरको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्