Logo
Logo

विद्युत् कर हटाउन कुलमान घिसिङ हस्ताक्षर अभियान सुरु गर्दै


315
Shares

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: kulman-1.jpg

पार्टीले भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईँको हस्ताक्षर, तपाईँको आवाज’ नाराका साथ देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने बताएको छ ।

अभियानको उद्घाटन आज बिहान ११ बजे माइतीघर मण्डलामा हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत सहभागी हुनेछन् ।

पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ ।

उज्यालो नेपाल पार्टीले अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यसँग जोडेको छ। पार्टीले देशभरका नागरिकलाई अभियानमा सहभागी भई हस्ताक्षरमार्फत आफ्नो आवाज व्यक्त गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्