Logo
Logo

पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी गगनको हातमा छ : रमेश लेखक


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसलाई एकताबद्ध गर्ने जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन् । देउवा समूहको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका कञ्चनपुरका नेता-कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टी नमिलाए जे पनि हुन सक्ने बताए ।

The current image has no alternative text. The file name is: ramesh-lekhak-1.jpg

नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा सोमबार आयोजित छलफलमा नेता लेखकले पार्टी मिलाउन देउवा समूहले भरपुर प्रयास गर्दा पनि मिलाउन नसकिएको बताए । उनले आफ्नो तर्फबाट पार्टीलाई एकताबद्ध गर्ने विषयमा कुनै कमी भएको दाबी समेत गरे । 

पार्टीलाई एकढिक्का बनाउन पूर्वसभापति शेरबहादुर देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको र निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने जिम्मेवारी पनि खड्कालाई दिएको लेखकले बताए । 

उनले भने, ‘शेरबहादुर दाइको हस्ताक्षरमा चुनाव जित्न नसकिने कुरा आयो । त्यत्रो बहुमत प्राप्त गरेर जितेका सभापतिलाई तपाईँ टिकटमा हस्ताक्षर नगर्नुस् भन्ने कुरा सजिलो थियो रु  तर, पार्टी मिलाउनका लागि हस्ताक्षर छोडिदिनुस् भन्यौँ । उहाँले पूर्णबहादुर दलाईलाई छोडिदिनुभयो ।’

लेखकले गृहजिल्लाका नेता–कार्यकर्ताहरूलाई पार्टीको सदस्यता अद्यावधिक गरेकाहरूसँग सम्पर्क बढाउन र देउवा समूहको मुद्दामा ल्याउन पनि आग्रह गरे ।
‘अद्यावधिक गरेकासँग सम्पर्क बढाउनुस् । हामी उभिएको ठाउँमा ल्याउनुस्,’ उनले भने, ‘आजदेखि अद्यावधिक गरेका र नगरेकाहरू अलग हुने कुरा छैन ।’

प्रतिक्रिया दिनुहोस्