काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भाद्र ५ गते बोलाइएको हो ।

पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी रहेको छ । २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत हुँदै छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको हो ।












