Logo
Logo

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा


252
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् । सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन्।

The current image has no alternative text. The file name is: Indra-Baniya-1.gif

बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्। नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोजेका थिए।

प्रतिक्रिया दिनुहोस्