Logo
Logo

डिएसपी सरुवामा असन्तुष्टि


5.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका डिएसपी सरुवामा व्यापक असन्तुष्टि देखिएको छ । कर्मचारी प्रशासनमा रहेका एसपी सन्तोषबहादुर सिंहको पूर्वाग्रहका कारण डिएसपीको सरुवामा असन्तुष्टि देखिएको हो । एउटै दर्जाको १ महिनाको बिचमा पटकपटक सरुवा हुँदा चलखेल भएको र चलखेल गर्न नसक्नेहरु सरुवामा काखा र पाखा लगाइएको आरोप छ ।

खासगरी, कर्मचारी प्रशासनका एसपी सिहंले व्यापक चलखेल गरेको आरोप लागेको छ । बारामा रहेका बेला उनी विवादमा परेका थिए । बाराबाट फर्केपछि बलम्बुमा घर किनेको आरोप उनीमाथि छ । अहिले पनि उनी आइजी नारायणदत्त पौडेलको आड लिएर सरुवामा ठूलो चलखेल गरिरहेको स्रोतको दावी छ । आइजीले सरुवा बढुवामा कोही कसैको पनि सोर्स नलाग्ने र चलखेल नहुने बताइरहेका बेला सिंहले आइजी पौडेललाई नै बद्नाम गर्ने गरी काम गरेको गुनासो मूख्यालयमा बढेको छ ।

सरुवामा पहुँच हुनेहरुलाइ मुख्यालयको एउटा बिभाग बाट अर्को बिभाग र अन्य जिल्लामा पनि एउटै जिल्ला भित्र समेत सरुवा गरेको पाइएको छ । सरुवामा डिएसपी भुवन राज पन्तलाइ कैलालीको रिजर्भ गण बाट कैलालीकै ३४ नं. गणमा सरुवा गरिएको छ । डिएसपी बिनोद खतिवडालाई चितवन गणबाट चितवन तालिमकेन्द्रमा ल्याइएको छ । डिएसपी रमेश भुवाजीलाइ प्रधान कार्यालय कार्य बिभाग बाट मानबश्रोत बिभाग सरुवा गरिएको छ । अझ उदेकलाग्दो त के छ भने काठमाडौको एउटा गणबाट अर्को गण जाने पनि दर्जन बढी छन् ।

जबकी, डिएसपी प्रेमसिहं धामीलाई कञ्चनपुर बाट उदयपुर सरुवा गरिएको छ । डिएसपी जगन्नाथ खड्कालाइ कार्य बिभागबाट मानवस्रोत बिभाग सरुवा गरिएको छ । उनी हाल कर्मचारी प्रशासन शाखामा बसेर चेलखेल गरिरहेका छन् ।

डिएसपी सुशील श्रेष्ठलाई कैलालीबाट महोत्तरी सरुवा गर्दा पहुँच हुने एउटा बिभाग बाट अर्को बिभाग र एउटै जिल्लाका फरक युनिटमा जान सफल भएका छ्न् । डिएसपी कृष्णसिहं पुजारालाई त कैलालीबाट झापा पु¥याइएको छ ।

डिएसपी उमेश थापालाइ मानबश्रोतबाट सीमा विभाग, धिरेन्द्र चन्दलाई हेडक्वाटरभित्रकै क्लबबाट आइजीपीको सचिवालयमा लगिएको छ । नेपालगन्जमा मेडिकल व्यवसाय गर्दै गरेका डिएसपि छवि रावत विगत १५ वर्षदेखि बाँके जिल्लाका विभिन्न युनिटबाहेक अन्यत्र गएका छैनन् ।

यता, सधैँ मुख्यालय बस्ने र कमाउधन्दा हुने बेश बिओपी गएर बलम्बुको अस्पतालसँगै आलिसान बंगला बनाएका डिएसपी महेश खरेल कार्य विभागबाट सीमा विभाग आएका छ्न् । उनलाई सशस्त्रमा एउटै बिओपी डवल कमान्ड गरेर विकृति भित्र्याउने अधिकृतको रुपमा चिनिन्छ । कहिले पनि उपत्यका छोड्नु नपर्ने डिएसपी प्रमिला श्रेष्ठलाई उपत्यकाको बाहिनीबाट दक्षिणकाली गण ललितपुर सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्