Logo
Logo

सङ्घीय संसद्का पाँच समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज सङ्घीय संसद्का पाँच समितिको बैठक बस्दै छ । जस अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजेदेखि सुरु हुँदैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

The current image has no alternative text. The file name is: Sanghiya-Samsad-29.jpg

त्यस्तै आज प्रतिनिधि सभा अन्तर्गतकै पूर्वाधार विकास समितिको बैठक बिहान १० बजेदेखि बस्दै छ । बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरू बारे छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजेदेखि बस्दै छ भने राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान साढे १० बजेदेखि बस्ने बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, आज बिहान ११ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतकै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्