Logo
Logo

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख धिरज सेठ


567
Shares

 काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । आज दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरुबीच भेटवार्ता हुन लागेको हो । 

The current image has no alternative text. The file name is: balen-1.jpg

भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधवार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्