Logo
Logo

अनलाइन व्यापार अनिवार्य दर्ता गर्न व्यवसायीलाई सरकारको ताकेता


0
Shares

काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो ।

विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।

उपभोक्ता ठगी तथा अनलाइन कारोबार सम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी र व्यवस्थित बनाउन कडाइ थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्