Logo
Logo

शुक्रबार विश्वासको मत लिने हिक्मतको तयारी


252
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ५ गते विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता साझेदार दल फेरिएकाले मुख्यमन्त्री कार्कीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन् ।

एमाले सांसद रेवतिरमण भण्डारीले मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।

तथापी, कोशीमा नेपाली कांग्रेसले अहिलेसम्म समर्थन फिर्ता लिइसकेको छैन । तर नेकपा सरकारमा सहभागी भइसकेकाले नैतिकताका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिने भण्डारीले बताए ।

सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए ।

गएको साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेकपा सोमबार कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्