
काठमाडौं । बाढी पहिरोका कारण आज पनि देशका केही राजमार्गहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज विभिन्न सडक खण्डका १० ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध छ भने चार ठाउँमा सडक एकतर्फी सञ्चालनमा छ ।
आज इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा– छहरे सडक, लमजुङमा बेँसीसहर – मनाङ सडक, रुकुमपश्चिममा जाजरकोट – डोल्पा सडक र मुगुमा नाग्म – गमगडी सडक खण्ड बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध छ ।
त्यसैगरी बागलुङमा कालीगण्डकी करिडोर सडक र बाग्लुङ बेनी सडक, मुस्ताङमा मुस्ताङ–कोरला सडक र भोजपुरमा मध्यपहाडी राजमार्गमा एकतर्फी मात्रै गाडी चलेका छन् ।














