Logo
Logo

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


0
Shares

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिएका छन ।

कुल ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक हुन्छ। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग १४ र एमालेसँग १० गरि २४ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्