
काठमाडौं । सशस्त्र प्रहरीले नौ जना शसस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै नेपालका विभिन्न ईकाइबाट बिदा तथा आफूखुसी व्यारेक छाडेर हिँडेका जवानहरूलाई सेवाबाट हटाउने तयारी गरेको हो ।
सूचना प्रकाशित भएको मितिले एक साताभित्र गैर हाजिर हुनुको मनासिक कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न पनि सम्बन्धित सशस्त्र प्रहरी जवानलाई कार्यालयले अनुरोध गरेको छ ।
‘अन्यथा तपाईँहरूउपर सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधनसहित) बमोजिम कारबाही भई जाने छ,’ सूचनामा भनिएको छ ।













