Logo
Logo

मन्त्री र सांसदसँग छलफल गर्दै रवि लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्दैछन् । उनले आज बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार मन्त्री र सांसदहरुसँग छलफल गर्न लागेका हुन् ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल तथा आवश्यक निर्देशन हुने मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्