Logo
Logo

कोलकाताको होटलमा भीषण आगलागी, ९ जनाको मृत्यु


0
Shares

काठमाडौं । भारत कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा एक बच्चासहित कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

अस्पताल स्रोतले ती व्यक्तिहरूको मृत्यु निसासिएर भएको बताएको छ । अन्य ६ जनाको अवस्था गम्भीर छ । उनीहरू एसएसकेएम मेडिकल कलेजमा उपचाररत छन्।

भारतीय समाचार संस्थाहरुले मृतकमा उपचारका लागि आएका बंगलादेशी नागरिकहरू पनि रहेको उल्लेख गरेको छ । यद्यपि प्रहरीले मृतकहरूको पहिचान पुष्टि गरेको छैन ।

बुधबार बिहान २ बजेतिर होटलको तेस्रो तलाबाट सुरु भएको आगलागी बिस्तारै नजिकैका भवनमा पनि फैलियो थियो ।

आगलागीको जानकारी पाएपछि नयाँ बजार प्रहरी चौकीका प्रहरी, दमकल टोलीसहित घटनास्थलमा पुगेका थिए । त्यसपछि मात्रै होटलभित्र फसेकाहरूको उद्धार सुरु भएको थियो ।

अग्नि नियन्त्रकका एक अधिकारीले प्रारम्भिक अनुमानअनुसार आगलागी सर्ट सर्किटका कारण भएको हुन सक्ने बताएका छन्, तर अनुसन्धानले मात्र वास्तविक कारण पत्ता लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्