Logo
Logo

सबै मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले सिंहदरबारमा जारी छ ।

सदनमा आफ्ना सांसदहरुको गतिविधिलाई लिएर सभापति लामिछानेले बैठक राखेका हुन् । बैठकमा मन्त्री तथा सांसदहरूको अनिवार्य उपस्थितिको निर्देशन भएकाले सबै सहभागी भएका छन् । यद्यपि, संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी छैनन् ।

बैठकमा पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको काम कारबाही लगायतबारे छलफल तथा ब्रिफिङ हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्