Logo
Logo

नेकपा र राप्रपाको समर्थनमा किरण थापाले गरे मुख्यमन्त्रीमा दाबी पेश


0
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापा मगरले दाबी पेश गरेका छन्।

बुधबार राप्रपा र नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

एमाले र नेकपा गठबन्धनबीचको भागबण्डाअनुसार, बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । एमालेले मंगलबार थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो ।

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थनसहित थापाले बहुमतको दाबी पेश गरेका हुन् ।

यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । दाबी पेश गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ ।

राप्रपाको समर्थन जुटेसँगै एमाले–नेकपा गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको छ । अब प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्