Logo
Logo

प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान


441
Shares

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले २०८३ श्रावण २६ गतेदेखि उपरथी पदमा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई नयाँ दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

यस्तै, सोही अवसरमा प्राविधिक महासेनानी पदमा बढुवा भएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द तथा अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो। पदोन्नति भएका अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्