Logo
Logo

भैरहवाबाट घाइते लिएर आएको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण


0
Shares

धादिङ। भैरहवाबाट सडक दुर्घटनाका घाइतेलाई बोकेर काठमाडौँतर्फ आउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा फोर्स ल्यान्डिङ (आकस्मिक अवतरण) गरिएको छ।

उडानका क्रममा मौसममा खराबी आएपछि सुरक्षालाई ध्यानमा राख्दै पाइलटले हेलिकोप्टर सुरक्षित अवतरण गराएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

माउन्टेन एयरको ‘एएन–एएलडी’ कलसाइन भएको उक्त हेलिकोप्टर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित वडा कार्यालय नजिकैको चौरमा फोर्स ल्यान्ड गरिएको थियो।

भैरहवामा भएको सडक दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै गर्दा धादिङको आकाशमा मौसम प्रतिकूल बनेको थियो। मौसम खराब भएपछि केही समयका लागि गजुरीको खुल्ला चौरमा हेलिकोप्टर अवतरण गराइएको प्रहरीले जनाएको छ।

केही बेरको पर्खाइपछि मौसममा सुधार आएलगत्तै उक्त हेलिकोप्टर घाइतेहरूलाई लिएर काठमाडौँतर्फ उडिसकेको छ। प्रहरीका अनुसार हेलिकोप्टर सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्