Logo
Logo

नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त


0
Shares

काठमाडौं  । सरकारले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: dirgha.jpg

नेपाल राष्ट्र बैङ्कमा २०८२ फागुन २५ देखि दुई डेपुटी गभर्नर पद रिक्त थियो । सरकारले गत चैत २४ मा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो भने अर्को पद खाली राखेको थियो । राष्ट्र बैङ्क ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । 

दीर्घबहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैङ्क सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । रावलले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को प्रमुखका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्