Logo
Logo

बागमतीमा एमालेलाई समर्थन गरेपछि राप्रपामा विवाद


756
Shares

काठमाडौं । बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपामा विवाद बढेको छ । केन्द्रको निर्देशन विपरीत प्रदेश संसदीय दलले एमालेलाई समर्थन गरेपछि केन्द्र र संसदीय दलबीच विवाद भएको हो ।

The current image has no alternative text. The file name is: raprapa.jpg

केन्द्रले यसअघि नै संसदीय दललाई निर्देशन दिँदै कुनै पनि सरकारलाई समर्थन नगर्न निर्देशन दिएको थियो । तर संसदीय दलका नेता उद्धव थापाले एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कारवाहीको चेतावनी दिँदै प्रदेश प्रमुखलाई राप्रपाको समर्थन नरहेको पत्र समेत पठाएका छन् ।

यसै विषयमा छलफल गर्न राप्रपाले आज बिहान ११ बजे अनुशासन समितिको बैठक र १२ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । बुधबारनै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई १२ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ । अर्कोतर्फ संसदीय दलका नेता उद्धव थापाले भने राप्रपाको समर्थन यथावत् रहेको दोहोराएका छन् ।

प्रतिक्रिया दिनुहोस्