Logo
Logo

३ वर्षीया बालिकाको हत्याविरुद्ध बारामा आज पनि आन्दोलन जारी 


252
Shares

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बुधवार  बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन आज मंगलबार पनि जारी रहेको छ ।

The current image has no alternative text. The file name is: bara.jpg

पीडित परिवार तथा स्थानीयले बुधवार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका छन् । बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ  ।

सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ । घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्