Logo
Logo

१५औं महाधिवेशन रोक्न देउवा र खड्काले दिएका रिट भोलि मात्रै दर्ता हुने


0
Shares

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले मंगलबार मात्रै दर्ता गर्ने भएको छ ।

यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारेस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए । सोमबार देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै पुरक निवेदन पेश भएको छ ।

कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन सोमबार दर्ता नभएको र मंगलबार दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समतिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ ।

उनीहरूले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन् । यस्तै यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्