Logo
Logo

तीन महिनाको बच्चासहित १४ जना घाइतेलाई टिचिङ अस्पताल ल्याइयो


0
Shares

काठमाडौं । भोटेकोशी बाढीमा घाइते भएका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरेर त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीले जनधनको क्षति गरेको छ । अहिलेसम्म सात जनाको शव भेटिएको छ भने कयौं घाइते भएका छन् ।

घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याउन थालिएको छ । उनीहरूमध्ये तीन महिनाको बच्चासहित १४ जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायाले जानकारी दिए ।

अहिलेसम्म १४ जना घाइतेलाई ल्याइएकोमा एक जनाको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको उनले बताए ।

त्यस्तै, तीन जना घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ । तीनै जना नुवाकोटका रहेका छन् । घाइते तीन जनामा दुई पुरुष र एक जना महिला रहेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्