
काठमाडौं । रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ ।
बुधबार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिकास्थित महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ पुरुष, सिद्धलेश गाउँपालिका–७ स्थित त्रिशूलीकै किनारमा १, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो ।
धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।














