Logo
Logo

प्रधानमन्त्री बालेनलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए । उनले प्रहरीलाई समेत गाली गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्