Logo
Logo

अहिलेसम्म ११४ बाढीपीडितको उद्धार


0
Shares

काठमाडौं । रसुवामा आएको बाढीबाट पीडितहरूको उद्धारमा नेपाली सेनाका ५ वटा हेलिकप्टर खटिरहेका छन् । 

The current image has no alternative text. The file name is: nepali-cean.jpg

आज बिहान ८ बजेसम्म ११४ (भाद्र १० गते )आज बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४० जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धारमा २ हजार भन्दा बढी फौज खटिरहेका छन् ।  उनीहरूले खोजरउद्धार तथा राहत वितरण गरिरहेका छन् । रातभर नेपाली सेनाका ११ वटा टिमले जमिनी उद्धार गरेको थियो । 

राहत सामग्री नेपाली सेनाका ११ ट्रकद्वारा त्रिशूलीमा ढुवानी गरी हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्‍याउने काम भइरहेको र हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्