Logo
Logo

रसुवा बाढी : ४६९ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी


0
Shares

काठमाडौं । रसुवा जिल्लामा आएको भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ ।  नेपाल प्रहरीले शुक्रवार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला परेको छ ।

The current image has no alternative text. The file name is: badhi-1.jpg

फेला परेका शवहरूको विवरण अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, न.प.पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र न.प.पश्चिममा २७ जना रहेका छन् ।

घटनामा परेर घाइते तथा उद्धार गरिएकाहरूको सङ्ख्या एक हजार ५४५ पुगेको छ । यसमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जनाको उद्धार भएको छ । साथै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या ८४ रहेको छ । 

बाढी प्रभावित क्षेत्रमा हालसम्म चार हजार ३४८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्