Logo
Logo

रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन 


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासमा रहेका ७ बैङ्कका शाखामा कार्यरत २७ कर्मचारी सम्पर्कविहीन भएका छन् । बुधवार बिहानको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।

The current image has no alternative text. The file name is: badi.jpg

सम्पर्कविहीन भएका कर्मचारी बिहीबार अबेरसम्म पनि सम्पर्कमा नआएको बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

कोइरालाले आफ्नो तहबाट हुने प्रयास जारी रहेपनि बिहीबार अबेरसम्ममा ७ बैङ्कका शाखामा कार्यरत २७ जना कर्मचारीसँग सम्पर्क हुन नसकेको बताए । विभिन्न बैङ्कहरूका ९ वटा शाखा कार्यलयमा पूर्ण क्षति पुगेको छ  । टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका रहेका शाखामा क्षति पुगेको छ । सम्पर्क हुन नसकेका कर्मचारीहरू पनि सोही क्षेत्रमा कार्यरत रहेका थिए । 

सम्पर्कविहीन भएकाहरू मध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कका रहेका छन् । इन्भेष्टमेन्ट बैङ्कका ७ जना कर्मचारी सम्पर्कविहीन छन् । त्यसैगरी माछापुच्छ्रे बैङ्कका ५ जना, सानिमा बैङ्कको २ जना, लक्ष्मी सनराइजको ३ जना, हिमालयन बैङ्कको १ जना, एनएमबी बैङ्कको ४ जना र प्रभु बैङ्कको शाखामा कार्यरत ५ जना कर्मचारी सम्पर्कविहीन रहेको कोइरालाले जानकारी दिए ।

बैङ्कका ती शाखाहरूमा लकर थियो कि थिएन, भल्टमा कति पैसाहरू थियो, कति बग्यो लगायतका विवरण यकिन गर्नै बाँकी रहेकाले क्षतिको अनुमान गर्ने अवस्था अहिले नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्