Logo
Logo

चिनियाँ पक्ष भन्यो-निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ


0
Shares

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले पठाएको छ । ताल फूटेर पानीको बहाब बढ्दै गए पनि तत्काल ठूलो बाढी (आउटबर्स्ट) को जोखिम कम रहेको चिनियाँ पक्षले आङ्कलन  गरेको छ । 

The current image has no alternative text. The file name is: bhotekoshi-2.jpg

चिनियाँ पक्षले नेपाली अधिकारीलाई दिएको जानकारी अनुसार तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ । यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाव हुने जोखिम कम छ ।

यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ । थप जानकारी प्राप्त भएमा त्यसबारे जानकारी गराउने पनि चिनियाँ पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्