Logo
Logo

भोटेकोशी बाढी : अहिलेसम्म ४७७ जनाको शव फेला, ९७७ बेपत्ता


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ४७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म ४७७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

The current image has no alternative text. The file name is: rasuwa-badhi-.jpg

त्यसैगरी, बाढीबाट रसुवामा ४३ जना, धादिङमा ३ जना र नुवाकोटमा २७ जना घाइते भएका छन्  ।  यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै नेपाली सेनाका ४५ जना, सशस्त्रका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमनका ४ जनासहित कुल ९७७ जना सम्पर्क विहीन रहेको प्राधिकरणले जानकारी दिएको छ  । 

अहिलेसम्म विभिन्न जिल्लाबाट ३ हजार २५३ जनाको उद्धार गरेको जानकारी दिएको छ । त्यस्तै हाल राहत र उद्धारमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४२ सय र सशस्त्रका ३६५८ जना गरी १५ हजार १०८ जना सुरक्षाकर्मी खटिएको प्रधिअक्रणले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्