काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परेको छ ।

चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेको प्रहरीले बताएको छ । १० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । सँगैका केही प्रहरीले भने भागेर ज्यान जोगाएका थिए ।
यही चौकीमा कार्यरत रहेर असई पौडेलसँगै बाढीको माइकिङ गर्दै हिंडेका प्रहरी सहायक हवल्दार सन्तोष रिजालले भागेर ज्यान जोगाएका थिए । अनलाइनखबरको सम्पर्कमा आएका उनले असई पौडेल भने बाढीमा परेको बताएका थिए ।















