Logo
Logo

रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ जनाको सकुशल उद्धार


0
Shares

काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी छन् । प्रतिकूल मौसमबीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित बाहिर ल्याएको शिक्षा मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।

प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकता साथ निरन्तरता दिइएको बताइएको छ ।

बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्री सहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ ।

टनेलभित्र फसेका व्यक्तिको उद्धार प्रभावकारी बनाउन आवश्यक सामग्री सहितको टोली आयोजनातर्फ परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्