Logo
Logo

आईएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग गर्ने


441
Shares

काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: ime-group.jpg

आईएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरू ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आईएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ ।

त्यस्तै, आईएमई ग्रुपअन्तर्गत कम्पनीहरूमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बराबर रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ । यसैगरी आइएमइले संसारभरीबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ भने ग्लोबल आईएमई बैङ्कको मोबाइल एप ग्लोबल स्मार्ट प्लस र खल्ती वाइ आईएमई मोबाइल वालेटमार्फत समेत सरकारको कोषमा सिधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ ।

साथै, आईएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको छ । आईएमई ग्रुपले अकल्पनीय विपदमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि  खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।

साथै विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्