Logo
Logo

चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली अपर त्रिशुली-१ को सम्पर्कमा


0
Shares

काठमाडौं । रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारको लागि आएको ६ सदस्यीय सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशुली–१ परियोजनाको सम्पर्कमा रहेको पाइएको छ ।

The current image has no alternative text. The file name is: chainesh-toli.jpg

यसअघि प्रधानमन्त्री कार्यालयले सो चिनियाँ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि परिचालन गरेको जानकारी दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयले दिएको सूचना नै गलत रहेको पाइएको छ ।

सो परियोजनाको सुरुङमा मानिसहरु नै नफसकेको र चिनियाँ टोली परियोजना क्षेत्रमा नपुगेको आयोजना व्यवस्थापनले जानकारी दिएको थियो ।

त्यो चिनियाँ टोली आफूहरूको सम्पर्कमा रहेको तर अन्य आयोजनामा उद्धारमा गए नगएकोबारे आफूलाई जानकारी नरहेको अपर त्रिशुली–१ को निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीले जानकारी गराएका हुन् । 

यो आयोजनाको सुरुङमा अझै पनि ४ सय मानिस फसिरहेको अनुमान रहेको अधिकारीले बताएका छन् । यो आयोजनाको सिभिल कन्सट्रक्सनको काम ‘चाइना रेलवे’ले गरिरहेकाले सोही निर्माण कम्पनीसँगको समन्वयमा चिनियाँ विज्ञहरू आएका हुन् । उनीहरू चिनियाँ ठेकेदार कम्पनीको सम्पर्कमा रहेका र भोलिबाट फिल्डमा खटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्