Logo
Logo

काठमाडौं ल्याइएका ११४ मध्ये ४६ शव गोकर्णको जङ्गलमा गाडियो


693
Shares

काठमाडौं । विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौं ल्याइएका १३ शवको मात्रै पहिचान खुलेको छ ।

भोटेकोशीको बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएको ११४ वटा शवमध्ये १२ वटा परिवारले बुझेर दाहसंस्कार गरेका छन् । सनाखत भएको एक जनाको शव बुझाउने प्रक्रियामा रहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले बताए ।

पहिचान हुन नसकेका ४६ वटा शव काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको छ ।

स्थानीय प्रशासनले सोमबार निर्णय गरेर सो क्षेत्रमा शव व्यवस्थापन गरेको हो । शव गाड्नुअघि पहिचान नखुलेका शव र टुक्राटाक्रीको डिएनए नमुना सङ्कलन, फिंगर प्रिन्ट र पाँचथान फोटो लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्