Logo
Logo

रसुवा बाढी : सोमबारसम्म झण्डै २६ अर्बको बीमा दाबी


126
Shares

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीका कारण भएको क्षतिको लागि २५ अर्ब ८७ करोड रुपैयाँ बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म भोटेकोसी बाढीले पुगेको क्षतिका लागि १५ वटा इन्स्योरेन्स कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित बीमा दाबी परेको हो ।

बीमा दाबी पर्नेमा सबैभन्दा बढी ओरियन्टल इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीमा ८ बीमितले १३ अर्ब रुपैयाँ बराबरको अनुमानित बीमा रकम दाबी गरेका छन् ।

युनाइटेड अजोडमा ३८ बीमितले ४ अर्ब ९७ करोड रुपैयाँ, सानिमा जिआईसीमा १०२ बीमितले २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ बीमितले १ अर्ब ८८, शिखरमा १२७ बीमितको १ अर्ब ८७ करोड रुपैयाँ प्रारम्भिक दाबी गरेका छन्।

प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ४५ बीमितले ६४ करोड, नेकोमा ६६ बीमितले ५१ करोड, सगरमाथा लुम्बिनीमा ३२ बीमितले २४ करोड, नेपाल इन्स्योरेन्समा ३२ बीमितले २३ करोड, आइजिआई प्रुडेन्सियलमा २६ बीमितले १८ करोड, एनएलजीमा २१ बीमितले ११ करोड रुपैयाँ प्रारम्भिक दाबी गरेका छन्।

प्रभुमा १४ बीमिले ३ करोड, राष्ट्रिय बीमामा २ बीमिले ७६ लाख, नेसनल इन्स्योरेन्समा २ बीमिले ५३ लाख र नेपाल माइक्रोमा १ बीमिले ५ लाख रुपैयाँ अनुमानित बीमा दाबी गरेका छन्।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ५२ बीमितले २० अर्ब रुपैयाँभन्दा बढी प्रारम्भिक दाबी गरेका छन्। ११३ बीमिले सम्पत्ति बीमाअन्तर्गतको बीमालेखमा २ अर्ब ३४ करोड रुपैयाँ दाबी गरेका छन्।

३१३ बीमितले मोटर बीमाअन्तर्गत १ अर्ब ५५ करोड रुपैयाँ अनुमानित दाबी गरेका छन्। ४७ बीमितले परिवहन बीमाअन्तर्गत ८९ करोड रुपैयाँ, अन्य बीमामा ५४ बीमितले ५२ करोड रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ बीमितले ४ करोड १६ लाख रुपैयाँ दाबी गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्