
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दीपबहादुर बीसीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीका अनुसार सहयोग रकममध्ये सिटिजन लाइफका सिटिजन लिडर्सका तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीका तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।














