Logo
Logo

नाडामा यामाहा एक्सएसआर-१५५ को डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’


315
Shares

काठमाडौं । नेपालमा यामाहा दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले बहुप्रतीक्षित यामाहा एक्सएसआर–१५५ लाई ‘१८औँ नाडा अटो शो– गोल्डेन जुब्ली संस्करण २०२६’ मा औपचारिक रूपमा अनावरण गरेको छ ।

‘बर्न टु स्ट्यान्ड अपार्ट’ भन्ने अभियान सन्देश र ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको एक्सएसआर–१५५ ले मेलामा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । ६ दिनसम्म चलेको नाडा अटो शो अवधिमा एक्सएसआर–१५५ का ४२८ वटा बुकिङ भएका छन् ।

यामाहाले नाडा २०२६ मा ‘बेस्ट स्टल अवार्ड’समेत जितेको छ । नवीन अवधारणा, आकर्षक प्रस्तुति र आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका लागि यामाहाको स्टललाई यो सम्मान प्रदान गरिएको हो । यामाहाको स्टलमा एक्सएसआर–१५५ को विशिष्ट रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो ।

क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको थियो । हजारौँ मोटरसाइकलप्रेमीले मेलाकै क्रममा एक्सएसआर–१५५ लाई नजिकबाट हेर्ने र प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।

मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले पुस्तौँदेखि यामाहाले राइडरहरूसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरे । यस अवसरमा उनले यामाहाको विश्वव्यापी फास्टर सन्स दर्शनबारे पनि जानकारी गराए ।

उनका अनुसार फास्टर सन्स यामाहाको विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने दर्शन हो । प्रतिष्ठित पुराना मोटरसाइकलबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु यसको मूल अवधारणा हो ।

‘आज हामी एउटा नयाँ मोटरसाइकललाई स्वागत गर्दै छौँ, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी एउटा विरासतलाई निरन्तरता दिइरहेका छौँ,’ अग्रवालले भने । उनले नेपालका आजका राइडरहरूका लागि मोटरसाइकल केवल आवागमनको साधन मात्र नभई आफ्नो पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यम बन्दै गएको बताए। एक्सएसआर १५५ ले नेपालको उत्साही राइडिङ समुदायसँग बलियो भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

एक्सएसआर १५५ प्रति देखिएको उत्साहलाई कार्यक्रममा गरिएको विशेष प्रि–बुकिङले थप पुष्टि गरेको छ । प्रि–बुकिङमार्फत प्रारम्भिक खरिदकर्ताले नेपालमा एक्सएसआर १५५ का पहिलो चरणका ग्राहक बन्ने अवसर प्राप्त गरेका थिए । बजारमा मोटरसाइकलको नियमित बिक्री सुरु हुनुअघि नै आफ्नो बुकिङ सुरक्षित गर्न पाउने यो अवसरले एक्सएसआर १५५ प्रति ग्राहकको आकर्षणलाई थप बलियो बनाएको छ ।

आफ्नो विशिष्ट डिजाइन, विरासतबाट प्रेरित शैली र आधुनिक विशेषताका कारण एक्सएसआर १५५ आफ्नो मोटरसाइकलमार्फत आफ्नो व्यक्तित्व र व्यक्तिगत शैली झल्काउन चाहने राइडरका लागि एउटा विशिष्ट रोजाइका रूपमा प्रस्तुत भएको छ ।

प्रतिक्रिया दिनुहोस्