
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक बस्दै छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको आयोजनामा आज बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ ।
बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।














