
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ । धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् ।
जस अन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देबिघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ ए , त्रिशुली हाइड्रो ३ बी, स्याफ्रुबेशी र बोगटिटारमा गरि १२ वटा बेश स्थापना भएको छ ।
सशस्त्र प्रहरीका अनुसार उद्दार कार्यलाइ थप प्रभाबकारी बनाउन स्थापना भएका बेशमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ । ती बेशहरुमा १५ देखि ३५ जना सम्मको संख्यामा उद्दार टोली खटाइएको छ भने बिशेष तालिमप्राप्त उद्दारक समेत रहेका छन् ।
ति बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर (एमएफआर), पढ डग स्वार्ड, ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसिभी) सहितका बिशेष टोली परिचालन गरिएको सशस्त्रले जनाएको छ ।














