Logo
Logo

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा उज्यालो नेपाल पार्टीले दीप प्रज्वलन गर्ने


441
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन तथा सामूहिक प्रार्थना कार्यक्रम आयोजना गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: kulman.jpg

पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले जारी गरेको निमन्त्रणाअनुसार आज साँझ ६ः३० बजे काठमाडौंको बौद्ध स्तूपमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पार्टीले भोटेकोशी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सकुशल उद्धार र सुरक्षित जीवनका लागि प्रार्थना गरिएको जनाएको छ ।

बाढी तथा विपद्का कारण ज्यान गुमाएका दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता तथा विपद्मा परेका नागरिकको सुरक्षित जीवन र शीघ्र उद्धारको कामनासहित दीप प्रज्वलन तथा सामूहिक प्रार्थना कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्