काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ। बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो ।

गत साता रसुवाको भोटेकोसी बाढीले गरेको क्षति तथा उद्धारको विषयमा उनीहरूबिच छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कुलमानले केही दिनअघि मात्रै बाढीग्रस्त क्षेत्रमा पुगेर जलविद्युत् आयोजनाहरूमा फसेका मानिसहरूको उद्धार कार्यको जानकारी लिएका थिए ।
निर्माण सकिएका र निर्माणाधिन एक दर्जन जति विद्युत् आयोजनामा ठूलो क्षति पुगेकाले प्रधानमन्त्री शाहले घिसिङसँग छलफल गरेका हुन् । ९ दिन बितिसक्दासमेत सुरुङमा फसेका मानिसहरूको उद्धारमा प्रगति हुन सकेको छैन ।














