Logo
Logo

लाङटाङको सुरूङबाट निकालियो २ जनाको शव


0
Shares

काठमाडौं । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ । सुरुङमा खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको हो ।

बुधवार हाइड्रो-मेकानिकल इन्जिनियरसहित ७-८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको थियो । सोही बाटोबाट आज सेनाले शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिएका हुन् । 

यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेको थियो । तर सुरूङभित्र ढुङ्गा, माटो र लेदो भरिएपछि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन ।

त्यसपछि आयोजनाको प्राविधिकसहितको टोली खोजी र उद्धारमा खटिएको थियो । सुरुङमा खोजीकार्य जारी रहेको छ । २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्