Logo
Logo

भोटेकोशी बाढी : विभिन्न स्थानबाट १७७ शव सङ्कलन


0
Shares

नुवाकोट ।  भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको छ । 

The current image has no alternative text. The file name is: shab-deathbody-badhi-rasuwa-dhunche.jpg

जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं सङ्कलनअन्तर्गत हालसम्म १७७ जनाको शव फेला पारिएको छ । तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

“नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीले ड्रोन क्यामेरा, तालिम प्राप्त कुकुरसहित जिल्लाको विभिन्न ३० स्थानलाई आधार इलाका बनाई शव खोजतलासअन्तर्गत जमिनको सतहमा रहेका शव सङ्कलनको पहिलो चरणको काम पूरा गरेको छ”, प्रहरी प्रमुख रेग्मीले भने, “जमिनको सतह, घरभित्र देखिने अवस्थाका शव सङ्कलन गरिएकाले कहीँकतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।”
       
प्रहरीले अब उत्खनन र खानतलासीमार्फत शव सङ्कलन सुरु गरेको जनाएको छ । संयुक्त सुरक्षा फौजमार्फत भइरहेको शव व्यवस्थापनमा नेपाल प्रहरीलाई जमिनको सतहमा सशस्त्र प्रहरी बल र सङ्कलन भएको शव हवाई उडानमार्फत ल्याउन हेलिकप्टर प्रयोगमा नेपाली सेनाले सहयोग पु¥याउँदै आएको छ ।
       
शव सङ्कलनअन्तर्गत सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरमा एकैस्थानमा २१ जनाको शव बरामद भएको थियो । उक्त स्थानमा सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान भन्ने ठानेर आश्रय लिएका व्यक्ति भएको जनाइएको छ । उक्त स्थानबाट सङ्कलन भएको अधिकांश शवको बेत्रावतीमा पहिचान नभएसँगै परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
       
बाढीले प्रभावित बनाएको बेत्रावतीसहित सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटमा घर तथा सडकमा भरिएका ग्रेगर र लेदो हटाई प्रहरीले खानतलासीमार्फत पुरिएका स्थानमा शव खोजतलास सुरु गरेको हो ।  यसअघि विभिन्न ३० स्थानमा परिचालन भएको शव सङ्कलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ 

प्रतिक्रिया दिनुहोस्