Logo
Logo

रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन


315
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।

The current image has no alternative text. The file name is: shab-deathbody-badhi-rasuwa-dhunche.jpg

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको हो 

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकवटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो ।

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार  गरिएको छ । बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्