Logo
Logo

नेपाल-चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना


504
Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल९चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिवार (भदौ २० गते) राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । 

The current image has no alternative text. The file name is: nepali-flag.jpg

प्रधानमन्त्रीको कार्यालयले पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको जनाएको छ । 

‘भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल९चीन सीमा क्षेत्रमा भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेको थियो’, प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झन्डा पुनर्स्थापना गरिएको छ । बाढीको प्रभाव र कटान जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज भएको थियो । तर जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको झन्डा फहराइएको छ ।’

प्रतिक्रिया दिनुहोस्