Logo
Logo

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित


756
Shares

काठमाडौं । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।

The current image has no alternative text. The file name is: jawalamukhi.jpg

अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ । शुक्रवार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म फैलिएपछि जनजीवन प्रभावित भएको छ ।

खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने माछा मार्ने गतिविधि पनि रोकिएको छ । विपद् न्यूनीकरण निकायले भने तत्काल सुनामीको जोखिम नरहेको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000