काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनी तथा कर्मचारीहरूको योगदान स्वरूप रकम जम्मा गरेको छ । कम्पनीको तर्फबाट रु.२५ लाख तथा कर्मचारीहरूको तर्फबाट एक दिनको तलब बराबर रु. ६ लाख ७० हजार गरी जम्मा रु. ३१ लाख ७० हजार राहत कोषमा जम्मा गरिएको हो ।

दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस योगदानमार्फत यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड र यसका कर्मचारीहरूले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।















