Logo
Logo

मनास्लु-लार्के पदमार्गमा यात्रा तत्काल रोक्न आग्रह


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमाल आरोहण र लार्केपास जाने पदयात्रीलाई तत्काल यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

चुमनुव्री क्षेत्रमा बाढीले पदयात्रामा पर्ने पुलहरू बगाएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा नजान सचेत गराएको हो ।

वर्षासँगै आइतबार बिहान चुमनुव्री गाउँपालिका–४ नामरुङमा बाढी आएको थियो । बाढीले पदयात्रा तथा स्थानीय आवतजावतमा प्रयोग हुँदै आएका दुई पुल बगाएको छ ।

बाढीले वडा नम्बर ४ र २ जोड्ने फलामे पुल पूर्ण रूपमा बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

गाउँपालिकाको केन्द्रबाट नामरुङ जंगलतर्फ जाने बाटोमा बूढीगण्डकी नदीमाथि निर्माण गरिएको झोलुंगे पुलमा बाढीले क्षति पु¥याएको छ । यससँगै नामरुङ आसपासको पदमार्ग, होटल तथा जलविद्युत आयोजनामा समेत क्षति पुगेको प्रशासनले जनाएको छ ।

पूर्वाधारमा क्षति पुगेका कारण उक्त क्षेत्रमा पदयात्रा गर्दा थप जोखिम हुनसक्ने प्रशासनको निष्कर्ष छ । थेराङखोलामा आइतबार बिहान करिब ३ः३० बजे बाढी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्